Kathmandu Photography Association

काठमाण्डौ फोटोग्राफर संघ एउटा गैर नाफा मूलक, गैर सरकारी, गैर राजनितिक संस्था हो । बि.स. २०६५ सालमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा बिधिवत रुपमा दर्ता भई स्थापना भएको काठमाण्डौ फोटोग्राफर संघ ब्यवसायिक फोटोग्राफरहरुको छाता संस्था हो । फोटोग्राफी बिधा संग आवद्ध ब्यक्ति समुदायलाई सांगठनिक आधारमा एकतावद्ध गराई ब्यवसायिक बर्गिय हकहित र क्षमता अभिबृद्धि गराउदै फोटो ब्यावसाय र ब्यावसायिकहरुको सर्वाेत्तम कल्याण, एकता, सेवाको गुणात्मक बिकास र आपसी सहयोगात्मक भाईचाराको सम्वन्ध बिस्तार गर्दै आईरहेकोछ । 


काठमाडौं फोटोग्राफर एसोसियसने जुन फोटोग्राफी क्षेत्रको सम्बद्धर्न संरक्षण आपसी सम्बन्ध विस्तार सहकार्य तथा संसार भरि रहेको फोटोगफर संग नेपाली पेशावार फोटोग्राफरको सहकार्य जोगाउने जस्ता कुराहरुमा कटिबद्ध छ । विगतका बर्ष देखि नै संस्थाले आफ्ना सदस्यलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा विभिन्न अवसर प्रदान गर्दै
आएको छ। 


यस संस्थाले फोटोग्राफीको बिकासका लागि राष्ट्रिय स्तरको फोटो प्रतियोगीता, समय अनुकुल प्रविधि अध्यावधिक गर्न आवश्यक तालिम, कार्यशाला गोष्ठी,फोटोवाक तथा क्यालेण्डर प्रकाशन  गरिरहेको छ । फोटोग्राफिका माध्यमद्धारा समाज सेवा गर्दै बाढी पिडित राहत, भूकम्प पिडित राहत, निशुल्कआँखा शिबिर,रक्तदान जस्ता कार्यक्रम निरन्तर गरिनेछ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय, सरकारी वा गैह्र सरकारी, संघसंस्था तथा फोटोग्राफर बिच आपसी समन्वय गरि सम्वन्ध बिस्तार गरिरहेको छ । काठमाण्डौ फोटोग्राफर संघ समग्र फोटोग्राफर तथा फोटो ब्यावसायीहरुको साझा संस्था हो । यस संस्थाले फोटोग्राफीमा रुचि भएका ब्यक्तिहरु तथा संस्थाहरुलाई एक आपसमा जोडने वाताबरण समेत श्रृजना गर्दछ ।


काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा स्टुडियो फोटोग्राफी व्यवसाय गरिरहेका फोटोग्राफर व्यवसायीहरुको साझा संस्था(संघ) काठमाडौं फोटोग्राफर संघ हो । उपत्यका भरी ८०० भन्दा बढी सदस्य रहेको यस संस्थामा हाल १७ सदस्यीय कार्यसमिति रहेको छ । देश भित्रै सिप सिकेर स्वरोजगार भई फोटो तथा भिडियो खिच्ने, सम्पादन गर्ने, प्रकाशन गर्ने आमा व्यवसायी फोटोग्राफरहरुको छाता संगठनको रुपमा काठमाडौ. फोटोग्राफर संघ परिचित छ । २०६५ सालबाट संगठित रुपमा अगाडी बढेको यस संघले फोटोग्राफरहरुलाई संगठित भई पेशामा परिमार्जन ल्याउन महत्व्पूर्ण भूमिका निर्वाह गरिरहेको छ । फोटो तथा भिडियोमा कलात्मक तालिमहरु तथा प्रदर्शनी प्रदान गर्दै आफू आवद्ध सदस्यहरुलाई सीपमा दक्ष बनाई पेशालाई मर्यादित, गुणस्तरीय तथा सहुलियत बनाउन काठमाडौं फोटोग्राफर संघले प्रविधिसंग सम्बन्धित विविध विधामा काम गर्ने गर्दछ । यसै विविध विधा मध्ये विवाहको तस्बिरहरुको अवाड KPA Wedding Photo Award एक मुख्य विधा हो ।